☰ open Loading... 29 September 2025|  

सडकमै कृषि मन्त्रीकाे गाडी थचक्क
  | २८ भाद्र २०७७, आईतवार १६:२८

 

दैलेख -दैलेख स्थित भैरवी गाउँपालिका-२, चक्रतामा निर्माण गरिएकाे ग्रामीण सडककाे स्तराेन्नती नहुँदा दैनिक जसाे सर्वसाधारण जाेखिमपूर्ण पठ्यास लाग्दाे यात्रा गर्छन्। कर्णाली प्रदेशकी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी चढेकाे गाडी पनि शनिबार यही बाटाेमा दाँतेनंग्रे गर्दै हिँड्याे । गाडीमा सवार र अरुले उनकाे गाडीलाई धकेल्दै गन्तव्यसम्म पुर्याए ।

मन्त्री केसी सहितकाे टाेली दैलेख स्थित भैरवी-२, चक्रत्रामा गरिएकाे बाख्रापालन व्यवसाय अनुगमनका लागि गएकी थिइन् । सधै उपेक्षामा परेकाे उक्त सडक मन्त्री केसीले प्रत्यक्ष पीडा महसुस गरेपछि सडककाे स्तराेन्नती हुने स्थानीयले अपेक्षा गरेका छन् ।