☰ open Loading... 18 April 2024|  

भवन प्रहरीकाे कब्जामा
  | १ आश्विन २०७७, बिहीबार २१:३७

 

सुर्खेत – बीरेन्द्रनगर ९ लाटीकोईली काँक्रेविहार संरक्षित क्षेत्रमा वनको सुरक्षाको लागी बनाएको एउटा भवन एक बर्षदेखि प्रहरीको कब्जामा छ।जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख गोविन्द्र प्रसाद दाहलको ठाडो आदेशमा वनको सुरक्षा गाडको लागि बनाइएको भवन प्रहरीलाई दिइएको हो।केही समयका लागी भन्दै गत २०७६ भदै २५ अस्थाइ प्रहरी बिटका लागी भवन दिएको हो।तर डिभिजन वनका प्रमुखको व्यवास्थाका कारण एकबर्षदेखि प्रहरीले भवन प्रयोग गरेपछि त्यहाँ रहेका वनका सुरक्षाँगाडहरु वस्नलाई समस्या भएको छ।

अहिले त्यहाँ वन कार्यालयका दुइ जना जम्दार, एक हवल्दार र दुइ जना सिपाही सहित ६ जना रहेका छन।
सो क्षेत्र डिभिजन वनकार्यालय सुर्खेतको हिरासद पनि हो।
अहिले त्यसक्षेत्रमा रहेको दुइवटा भवन मध्य एउटा प्रहरीले कब्जा गरेपछि अहिले त्यही हिरासद भएको भवनमा ‍कोचाकोच गरेर वनका कर्मचारी बस्नबाध्य भएका छन।
वनका सुरक्षा गाडका लागी बनाएको राम्रो भवन डिभिजन वन प्रमुखले आफुखुशि गैरकानुनि रुपमा प्रहरीलाइ दिएका हुन।
केही समयको लागी भवन दिएको भनिएतापनि डिभिजन वन प्रमुख दाहलले प्रहरीलाइ त्यसक्षेत्रबाट अन्यत्र सार्न अहिले सम्मपनि कुनै चासो देखाएका छैन।
काँक्रेविहारको संरक्षमा खटिएका वनका कर्मचारीले प्रहरीले भवनको प्रयोग गरेपछि आफुहरुलार्इ बस्न, पानी र शौचालय गर्न समेत समस्या भएको बताएका छन।यता डिभिजन वन कार्यालयका प्रमुख गोविन्द्र प्रसाद दाहललाई त्यहाँबाट प्रहरी कहिले हट्छन भन्ने समेत थाहा छैन।उनले तत्कालिन सुरक्षा समितिको बैठकमा प्रहरी प्रमुखले राखेको अनुरोधमा भवन प्रयोग गर्न दिएका हुन।दाहालले अव छिटै प्रहरीलाइ पत्राचार गर्ने भन्दै भवन खाली गर्न पहल गर्ने बताएका छन।तर भवन खाली कहिले गर्ने भन्नेमा उनि आफै अनविज्ञ रहेका छन।