☰ open Loading... 16 November 2024|  

नारायणले जग्गा पास नहुँदै भवन बनायो
  | ८ आश्विन २०७७, बिहीबार १५:२३

गाेविन्द केसी /यामराज विष्ट दैलेख –नारायण नगरपालिका, दैलेखले स्वास्थ्य सेवा केन्द्र  निर्माणका लागि हतारहतारमा जग्गापास विनै ठेक्का प्रकृया अघि बढाएर, निर्माण चरणमा पुगेको छ। स्वास्थ्य सेवा केन्द्र निर्माणका लागि नारायण नगरपालिका –६ विजौरामा जग्गा स्वास्थ्य सेवा केन्द्रको नाममा पास नभई ठेक्का मार्फत घर ढलान भएको हो ।
नियम कानुनको अधिनमा रहेर ठेक्का प्रकृया हुनुपर्नेमा स्वास्थ्य चौकीको नाममा जग्गा नआउँदै हतारहतारमा निर्माण चरण हुनुले नगर प्रमुखदेखी कर्मचारीको कार्यशैलीमा प्रश्न खडा भएको छ । उक्त जग्गा तुलसा थापाको नाममा रहेको छ । उनले ५ लाख रुपैँया ऋणमा कृषि विकास बैंक उक्त जग्गा धरौटी राखेकी छिन् । ३ लाख १० हजार रुपैँया बैंकमा बुझाएकी छिन् । जग्गा तुलसाको नाममा आउन १ लाख ९० हजार रुपैँया बैंकलाई दिनुपर्ने देखीन्छ । क्याप्सन – जग्गा स्वास्थ्य सेवा केन्द्रको नाममा पास नहुँदै ठेक्का मार्फत नानपा ६ मा बनाईएको भवन । तस्विर ः पश्चिमनेपाल डटकम

तुलसाको नाममा उक्त जग्गा आएपछि  स्वास्थ्य सेवा केन्द्रको नाममा दान हुनेछ । तर, हतारमा सवै प्रकृया मिचेर टेण्डर मार्फत भवन निर्माण थालिएको हो । अहिले पुष समान्तमा भवन निर्माण सम्पन्न गर्ने ठेक्का सम्झौता रहेको छ । जग्गा कृषि विकास बैंकमा राखेको छु । अँझ तिर्न बाँकी रहेकाले आफ्नो नाममा जग्गा आएपछि स्वास्थ्य चौकीको नाममा दिने तुलसाले बताईन । ३७ लाखको स्टेमेट भएपनि ठेक्का मार्फत भ्याट सहित २९ लाखमा सम्झौता भएर भवन निर्माण कार्य भएको हो । श्रोतका अनुसार नारायण नगरपालिकाका नगर प्रमुख रत्नबहादुर खड्काले जग्गा पास नहुँदै जवरजस्ती ठेक्का प्रकृयामा लग्न दवाव दिएको बुझिएको छ । जग्गा स्वास्थ्य चौकीको नाममा नआई ठेक्का प्रकृया नै हुन नसक्ने नारायण नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रेशम बुढाले बताए । łकसरी ठेक्का भो त्यो मलाई थाहा भएन् । प्रमुख प्रशासकिय अधिकृत बुढाले भने, दान दिएको जग्गा भन्ने सुनेको हो । जग्गा पास भएनभएको थाहा भएन् । म प्रमुख नहुँदा अघिल्लो आर्थिक वर्षमा ठेक्का भएको हुनसक्छ ।