☰ open Loading... 26 April 2024|  

सुर्खेतमा आमा छोरी मृत फेला
  | १५ आश्विन २०७७, बिहीबार १४:०३

सुर्खेत, असोज १५-असोज ३ गते रातिदेखि वेपत्ता भएकी आमा छोरी मृत अवस्थामा भेटिका छन् । गुर्भाकोट नगरपालिका-११ की २३ वर्षीया पुष्पा पुन बुधबार (असोज १४ गते) र उनकी छोरी प्रमिशा ६ गते मृत अवस्थामा भेटिएका हुन् ।
पुष्पाको शव भेरीगंगा नगरपालिका-९ चिप्ले नजिकै भेरी नदी किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामबहादुर घर्तीले जानकारी दिए । आमा छोरीको शव छुट्टाछुट्टै मितिमा भेरी नदी किनारमा भेटिएको उनले बताए ।उनका अनुसार असोज ३ गते राति लेकवेंशीबाट आमा छोरी बेपत्ता भएका थिए । उक्त विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।