गोविन्द केसी÷यामराज विष्ट
दैलेख – भैरवी गाउँपालिकामा कर्मचारी आवश्यकता सम्वन्धी सुचना प्रकाशन गर्नुपूव नै जनप्रतिनिधि र पार्टीका नेताहरुविच कर्मचारी भागबन्डा गरेको खुलेको छ । गाउँपालिका अध्यक्ष प्रेमबहादुर बुढाको अगुवाईमा केही जनप्रतिनिधि, नेकपा, काँग्रेसका नेताविच कर्मचारी भागबन्दा भएको पत्र खुलासा भएको हो ।
पछि विवाद नहुने गरि सर्वपक्षिय रुपमा कर्मचारी छनौट गरि करारमा भर्ना गर्ने सुचना प्रकाशित गर्ने सहमति भएको पत्र खुलेको हो । असोज ९ गते भएको सर्वपक्षिय बैठकमा करार सेवाका कर्मचारी सम्वन्धी सहमतिमा नरेश विक, प्रेमप्रकाश खत्री, एक शाही, अनिल विक, कार्यालय सहयोगी रमेश रिजाल, कम्यूटर वडा नम्वर ६ नाम खुलाईएको छैन् तर, चयन भईरहेको छ । त्यस्तै ल्यावमा खेमराज थापा, महिला विकास कर्मचारी दुई जना नाम सार्वजनिक गरिएको छैन् तर, सहमति भईरहेको छ (विवाद हुन्छ भनेर नाम गोप्य राखीएको श्रोतले जानकारी दिएको छ । राजेश रिजाल, हेमलाल रिजाल, तेजबहादुर थापा, प्रवीण शाही, कम्प्यूटर अप्रेटर (नाम सार्वजनिक गरिएको छैन् तर, सहमतीमा कर्मचारी छनौट भईरहेको छ ) अर्को गाउँपालिका वडा नम्वर ७ को कम्प्यूटर अप्रेटर नाम खुलाईएको छैन् ।, खानेपानी टेक्निसियन सहमति पत्रमा नाम खुलाईएको छैन् । अनमी एक जना र नरेन्द्र थापा, सुनिल शाहीको नाम कर्मचारी छनौट गर्ने गरि १९ जना कर्मचारी नामावली रहेको सहमति पत्रमा उल्लेख गरेका छन् ।
क्याप्सन – भैरवी गाउँपालिकाका जनप्रतिनिधिहरुले गोप्य कर्मचारी छनौट गरेको सहमति पत्र । तस्विर ः पश्चिमनेपाल डटकम
त्यस्तै सहमति पत्रमा भैरवी गाउँपालिका –७ पानी पोखरा आधारभुत स्वास्थ्य सेवा केन्द्रमा १ जना स्वास्थ्यकर्मी (चौथो तह) र १ कार्यालय सहयोगी , ७ नम्वर वडा कार्यालयले आर्थिक भार उठाउने गरि नियूक्त गर्ने गरि गाउँपालिकाले ल्याएमा अनुमोदन गर्ने गरि सहमति गरेको सहमति पत्रमा उल्लेख छ । गाउँपालिकाका सिमिति ब्यक्तिहरुविच गोप्य कर्मचारी छनौट गर्ने भएको गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले स्विकार गरे । łसहमति गरेर पछि कार्यपालिकामा लग्ने त्यहाँबाट अनुमोदन भए विज्ञापन गर्ने योजना रहेको थियो । अध्यक्ष बुढाले भने, कसले हो गोप्य सहमति फोटो खिचेर बाहिर ल्याउनु दुखद कुरा भयो ।