☰ open Loading... 19 November 2024|  

समाचारपछि सडक स्तरउन्नती हुँदै
  | १७ आश्विन २०७७, शनिबार ०८:२४

यामराज विष्ट
दैलेख – हप्तादिन अघि पश्चिम नेपाल डटकमले दैलेख बजारको गणेश चौकमा सडक नहर बनेको विषयमा समाचार प्रकाशित भएपछि नारायण नगरपालिकाको ध्यान आर्कषण भएको छ । दैलेख बजारको सडक नहर बनेपछि .. शिर्षकमा अनलाईनमा समाचार प्रकाशित भएको थियो । अहिले खाडलहरु पुर्ने काम भएको छ । ग्रावेल गरि स्तरउन्नतीको काम हुने जनाईएको छ ।

पश्चिमनेपाल डटकमले गणेशचौकको सडकबारे नहरको टिप्पणी गरेपछि अहिले मर्मत सम्भार गर्दै स्तर उन्नतीको तयारी थालिएको छ ।

पटक–पटक गरिएको कालोेपत्रे टिक्न मुस्किल पर्ने गरेको छ । बजारको विच भागमै गहिरो खाल्डोले सवारी साधन समेत गुड्न मुस्किल हुने भएपछि स्थानीय आक्रोशित थिए। बलियो, दिगो सडक अव नगरपालिकाले स्टेमेन्ट गरि बनाउनुपर्ने स्थानीय ब्यवसाय शिवराम जैसीले बताए ।

नाम मात्रको कालोपत्रेले वर्षेनी उम्किले समस्याले दैलेख बजारमा हैरानी भएको छ । अव दैलेख बजारमा गरिने कालोपत्रे टिकाउ हुने गरि स्टेमेन्ट गर्नुपर्ने आवाज उठेको छ । अव नगरपालिकाका जनप्रतिनिधिहरुको कार्यअवधि डेढ बर्ष बाँकी रहदा चुनावमा उठाएका मिठामिठा विकासका नाराहरु ध्यान जान सकेको छैन्।