☰ open Loading... 13 September 2025|  

जिप दुर्घटना हुँदा ६जनाकाे मृत्यु
  | २१ आश्विन २०७७, बुधबार १९:११

 

सुर्खेत -जाजरकोट जुनिचाँदे गाउँपालिका वडा नं. १ औलखोलामा बुधबार दिउँसो गाडी दुर्घटना हुँदा वडाअध्यक्ष सहित ६जनाकाे मृत्युु भएको छ।
जाजरकोट खलंगाबाट यात्रु लिएर जुनिचाँदे गाउँपालिका वडा नं. ४ विराखोला जाँदै गरेको भे१ज ९३५बोलेरो जीप दुर्घटनामा परेको थियो ।

चुनिचाँदे गाउँपालिका वडा नं. १ को औलखोला नजिककै सडकबाट १०० मिटर खोलामा खस्दा गाडी दुर्घटना भएको हाे । मृत्यु भएका पाँच जनाकाे नाम ठेगाना खुलेकाे छ भने एक जना पहिचान खुल्न सकेकाे छैन ।



दुर्घटनामा परी नेकपा प्रदेश कमिटी सल्लाहकार चुनीचाँदे गा.पा.–११ का कृति बहादुर शाही, जुनिचाँदे गाउँपालिका वडा नं. ११ का जनप्रतिनीधि वडा अध्यक्ष अमर बहादुर शाहीकाे मृत्यु भएकाे छ ।
यस्तै जुनिचाँदे वडा नं. ११ कै अहेव खेमराज शाही, जुनिचाँदे–५ का कृष्ण बहादुर शाही, चुनिचाँदे–५ का जेटिए जागिरमा परिक्षा दिन आएका मालिका बस्नेत गरी पाँच जनाको घटना स्थलमै मृत्यु भएको जाजरकोट प्रहरीले जानकारी दिएको छ ।