☰ open Loading... 5 March 2025|  

कर्णालीमा २० प्रतिशत मानसिक रोगी
  | २४ आश्विन २०७७, शनिबार १८:३२

 

 

 

सुर्खेत -कर्णालीमा २० प्रतिशतमा कुनै न कुनै प्रकारको मानसिक रोगको समस्या देखिएको सरकारी तथाङक रहेको छ।विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा यस्तो तथाङक सार्वजनिक भएको हो।

प्रयाप्त लगानी,ब्यापक पहुँच, मानसिक स्वास्थ्य सवैको लागी सवैठाँउमा भन्ने नाराको साथ दिवस मनार्इएको छ।दिवसको अवसरमा कर्णालीमा पनि सचेतनामुलक कार्याक्रम गरिएको छ।
कोरोनाको कारण कर्णालीमा मानसिक रोगका विरामी बढेको प्रदेश अस्पताल सुर्खेतले जनाएको छ।
अस्पतालका मानसिक रोग विषेशज्ञ शुशिल समुदर्शीले अहिले अस्पतालमा मानसिक रोगिका विरामी आउने क्रम बढेको बताए।
लागु औषध दुर्वेशन, लगायत विभिन्न समस्याका कारण पछिल्ला समय मानसिक रोगीका विरामी बढ्न थालेका हुन।कोरोरना माहामारीकै कारण लकडाउनको समयमा मानसिक समस्या भएकै कारण आत्महत्याको संख्यामा पनि बृद्धि भएको सरकारी भनाई छ।


पछिल्लो समय कर्णालीमा मानसिक रोगीका विरामीको संख्या बढ्दै गएको तथाङक सार्वजनिक हुन थालेका छन।कर्णालीमा झन्डै २० प्रतिशतमा कुनै न कुनै प्रकारको मानसिक रोगको समस्या रहेको चिकित्सकहरुले बताउने गरेका छन।