☰ open Loading... 4 March 2025|  

कर्णाली प्रदेश सरकार विरुद्ध अविश्वासको प्रस्ताव
  | २५ आश्विन २०७७, आईतवार १४:५६

नेकपा नेता तथा कर्णाली प्रदेश सांसद यामलाल कँडेलले सरकार को काम जनतामाझ नराम्रो भएकाले र संसदीय दलको नेताको काम संतोषजनक नभएकाले आफूहरु अविश्वासको प्रस्ताव दर्ता गरेको बताए ।

४० जना संसदमध्य ३३ जना नेकपा, ६ जना नेपाली कॉंग्रेस र १ जना राप्रपाका रहेका छन् । नेकपा का ३३ जना मध्ये १८ जनाको बहुमत सदस्यले अविश्वासको प्रस्तावमा सही छाप गरेका छन् । जसमा ३ lजना पूर्व माओवादी ३ जना र एमालेबाट १५ जना सांसद रहेका छन् ।

उक्त प्रस्तावमा हस्ताक्षर गर्दै नेकपा संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहलाई प्रस्ताव बुझाएका हुन्। महेन्द्र बहादुर शाही संसदीयदलको नेतामा निर्वाचित भएपछि संसदीय दल एवं सरकारका कामकारवाही प्रभावकारी नभएको उनीहरुले आरोप लगाएका छन्।

संसदीय दलको विधान २०७५ को नियम २ (१) बमोजिम उनीहरुले अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्।

पत्रसहित