☰ open Loading... 17 April 2025|  

कर्णालीमा कोरोना संक्रमित महिलाको मृत्यु
  | २५ आश्विन २०७७, आईतवार १५:११

 

कोरोना संक्रमणका कारण कर्णालीमा थप एक जनाको मृत्यु भएको छ। आइतबार विहान १० बजेतिर वीरेन्द्रनगर–१० कि ७६ वर्षीया महिलाको मृत्यु भएको कर्णाली प्रदेश अस्पतालका कोरोना फोकलपर्सन डा. नवराज केसीले जानकारी दिए।

डा. केसीका अनुसार कोरोना संक्रमित महिलामा दमसँगै रगत बग्ने समस्या थियो। २१ गते उनी कर्णाली प्रदेश अस्पतालको कोरोना विशेष अस्पतालमा भर्ना भएकी थिइन्।

कर्णालीमा योसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ।