रुपक शाही दैलेखका यूवा ब्यवसायी हुन् । सवैसंग मिलनसार स्वभावका शाही दैलेख र काठमाडौंमा अध्यायन गरे । एसएलसी अगाडी उनी काठमाडौंमै अध्यायन गरेर फेरी एसएलसी दैलेखमा आएर दिए । एसएलसी दिएर उनी फेरी काठमाडौंमा ओभरसियर पढाई सके ।
फेरी जिल्लामै सरकारी जागिरका लागि आए । तर, उनले जागिर नखाएरै छाडे । त्यसपछि ब्यवसाय गर्ने सोच बनाए । जिल्लाको मागलाई ध्यानमा राखेर सुरुमा सिसा र पलाई सहित मालिका टेर्ड«स नामका फर्मबाट ब्यवसाय सुरु गरे । अहिले उनीसंग ३ फर्म मार्फत आफ्नो कारोवार बढाएका छन् ।
लगत्तै फर्निचर उद्योग खोले, कुखुरा फर्म हुँदै सप्लायर्सका अन्य कामहरु गर्न थाले । ईमानदारि छविबाट चिनिएका ब्यवसायी रुपक शाहीले आफ्नो ब्यवसायलाई प्रदेश राजधानी सुर्खेतसम्म पुराए । उनले गरेको ब्यवसाय पनि १० वर्ष पुग्यो । डेकेन्द्र चौक, छेउमा आफ्नै घरमा ब्यवसाय गरेका छन् । महावु गाउँपालिकाको बाँसीमा पुरानो घर भएका उनी नारायण नगरपालिका १ नयाँ बजार (डेकेन्द्र चौक) स्थायी रुपमा बस्दै आएका छन् ।