| २ कार्तिक २०७७, आईतवार १४:४२
यामराज बिष्ट दैलेख -दैलेखमा पछिल्लो हप्ता लक्ष्यण सहितका कोरोना विरामी देखीएका छन् । उनीहरुको उपचार जिल्लादेखी सुर्खेत र नेपालगंजमा भईरहेको छ। धेरैजसो विरामी लक्ष्यणसहितका देखीएपछि जिल्लामा भिड्भाड हुने पसलहरु बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय दैलेखले होटलदेखी अन्य पसलहरु समेत बन्द गर्ने सुचना जारी गरेको छ ।
अहिले दैलेख बजारका होटल लगायतका पसलहरु बन्द छन् । जिल्लामा अहिलेसम्म १ हजार २ सय ४९ जनामा कोरोना भाइरस देखीएको छ । त्यस्तै १ हजार १ सय २४ जनाले कोरोना मुक्त भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. निरन्जन पन्तले बताए । जिल्लामा लक्ष्यणसहितको कोराना संक्रमितहरु भेटिएकाले जटिल अवस्थामा रहेको डा. पन्तले बताए। सरमुकामसहित गाउँगाउँमा पिसिआर नमुना परिक्षण गरिएपछि कोरोनाका विरामीहरु धेरै देखीएका हुन् ।