☰ open Loading... 9 October 2024|  

कर्णाली प्रदेशका सबै जिल्लामा आईसीयू र भेन्टिलेटर
  | ६ कार्तिक २०७७, बिहीबार १९:३४

कर्णाली प्रदेशका सबै जिल्लामा आईसीयू र भेन्टिलेटर पुगेको प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतले बताएको छ।

निर्देशनालयले आज एक कार्यक्रमको आयोजना गरेर सबै जिल्लामा आईसीयू र भेन्टिलेटर पुर्याएको दाबी गरेको छ।

निर्देशनालयका नव नियुक्त निर्देशक रविन खड्काले स्वास्थ्यस्तर सुधारगर्दै सबै जिल्लामा यी सेवा विस्तार गरिएको  बताए ।

कर्णालीका डोल्पाबाहेक सबै जिल्लामा आईसीयू र भेन्टिलेटर सेवा विस्तार गरि सकिएको थियो।

कोरोना भाइरससँग लड्ने क्रममा पछिल्लो सात महिनामा कर्णाली प्रदेश सरकारले स्वास्थ्य संरचनामा सुधार गरेकै कारण सबै जिल्लामा सेवा विस्तात गर्न सफल भएको उनले बताए।

कर्णालीमा अहिले आईसीयूको संख्या ६२ पुर्याएको छ भने भेन्टिलेटर २६ पुगेको निर्देशक खड्काले बताए ।

उहाँले कोरोना संक्रमणदर लकडाउनको समयमा ३ प्रतिशत सम्म झरेकोमा अहिले परिक्षण गरिएकोमा १३ प्रतिशत सम्म संक्रमण देखिएको उल्लेख गरे ।

कर्णालीमा अहिले १३ सयको हारहारीमा संक्रिय संक्रमित रहेकोमा १६ जना आईसीयूमा उपचार भर्इरहेको भन्दै भेन्टिलेटरमा एक जना पनि नरहेको जिकिर गरे।

अहिलेकै दरमा संक्रमणको दर बढ्दै गए आगामी दिनमा कोरोना संक्रमितलार्इ अस्पतालमा व्यवस्थापन गर्न कठिन हुने उनको भनार्इ छ।

चार्डपर्वको समयमा धेरै भिड्भाड हुने भएकाले सरकारले तोकेको मापदण्डलार्इ पालना गरेर मात्र दशै मनाउन सबैमा आग्रह गरे ।