☰ open Loading... 18 May 2024|  

मलेसियाबाट क्यान्सर पिडितलाई आर्थिक सहयोग
  | १८ कार्तिक २०७७, मंगलवार १९:१५

 

मलेसिया ।सुदूरपश्चिमेली नेपाली समाज मलेसियाका संस्थापक अभियान्ता टेकबहादुर बुढाको पहलमा क्यान्सर पिडित कपुरे कामिलाई नेपाली रु ४५ हजार २ सय ४१ रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

सुदुरपश्चिम प्रदेश अछाम ढकारी गाउँपालिका वडा नं १ बस्ने कपुरे कामिको जिब्रोमा क्यान्सर देखि पछि गत जेठमा भरतपुरमा रहेको बिपि कोइराला मेमोरियल क्यान्सर अस्पतालमा जिब्रोको अप्रेसन भएको थियो । हाल उनलाई थेरापीको उपचार गर्न आर्थिक अभाव पछि सहयोग ढकारी गाउँपालिका’को समन्वयमा सुदुर पश्चिमेली नेपाली समाज मलेसियाका संस्थापक अभियन्ता एव नेपाली राजदूतावास मलेसियाका जनसम्पर्क अधिकृत समेत रहनु भएका टेकबहादुर बुढाको पहलमा क्यान्सर पिडितका बुवा धनबिर कामिलाई एक कार्यक्रमको आयोजना गरी रकम हस्तान्तरण गरिएको समाजका अध्यक्ष तुलाराम धामिले बताए।

स्वास्थ्य शिक्षा तथा खेलकुद लगायत विभिन्न परोपकारी कार्यको लागि थालनि गरेको माशिक कार्ययोजना अन्तगर्त उक्त पिडितलाई आर्थिक सहयोग हस्तान्तरण गरेको समाजका संरक्षक समिर मल्ल’ले बताए ।

अछाम’ढकारी गाउँपालिका अध्यक्ष धनबहादुर बुढाको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं १ का अध्यक्ष भवानी प्रसाद रिमाल,एनआरएन लघुवित्त संस्था ढकारीका शाखा प्रमुख तथा समाजसेवि कृष्ण बुढा, सुदूर पश्चिमेली नेपाली समाज मलेसियाका निबर्तमान केन्द्रिय सदस्य भिम बहादुर बुढा, तथा सन्चारकर्मी लगायत स्थानीयहरुको रोहबरमा रकम हस्तान्तरण गरेको समाजका कोषाध्यक्ष कैलास बोहराले बताए ।



सुदूरपश्चिमका लागि सुदूरपश्चिमेली मुख्य उद्देश्य लिएर स्थापना भएको समाज सामाजिक परोपकारी कार्यमा सहयोग गर्दै सुदूरपश्चिमको कला साहित्य तथा संस्कृतिको संरक्षण सम्वर्द्धनमा विशेष जोड दिदै आएको छ ।

यस परोपकारी कार्यमा सहयोग गर्नु हुने सम्पुर्ण सहयोगी मनहरुलाई समाजले धन्यवाद ज्ञापन समेत गरेको समाजका महासचिव डम्बर विश्वकर्माले जानकारी दिनुभयो ।