दैलेख – पैसा तिरेको १बर्ष बितिसक्दा दैलेखको नौमूले गाउँपालिका वडा नं.- १ तोलीका स्थानीय वासीहरुले अहिलेसम्म मिटर बक्स पाएका छैनन् । पैसा तिरे पनि बत्ती बाल्न नपाउँदा स्थानीयले दुख ब्यक्त गरेका छन् । नेपाल विद्युत प्राधिकरण दैलेख वितरण केन्द्रले तीन वर्ष अगाडि नौमूले गाउँपालिका वडा नं.- १ तोलीमा सहायक विद्युत लाइन विस्तार गरेको थियो।
विद्युत लाइन विस्तार भइसकेपछि गत असोजमा मिटर बक्स जडानका लागि प्रत्येक स्थानीय बासीले प्रत्येक घरधुरी दुई हजार ५०० रुपैयाँका दरले रकम तिरेको स्थानीयवासी पदमबहादुर थापा मगरले बताए ।
पैसा तिरेको एक वर्ष भयो अहिलेसम्म मिटर बक्स पाउन नसकेको अर्का स्थानीयवासी सर्वजित थापा मगरले गुनासो गरेका छन् ।
विद्युत प्राधिकरण दैलेखका कार्यालय प्रमुख शिवजीप्रसाद साहले भने, ‘विगतमा के कसो भएको हो, मलाई थाहा भएन । स्थानीयले मिटर बक्सका लागि निवेदन दिएको हो भने छिट्टै मिटर बक्स पाउने , तिहार अगाडि नै विद्युत जडान हुने शाहले बताए ।
नौमूले गाउँपालिकाका अध्यक्ष भदे बुढा मगरले भने कोरोना महामारीका कारण स्थानीवासीले समयमै मिटर बक्स नपाएको बताए ।अब छिट्टै सबैको घरमा दीपावली अगाडि नै स्थानीयवासीका घरमा बत्ती बल्ने अध्यक्ष बुढाले जानकारी दिए ।
| २४ कार्तिक २०७७, सोमबार ०७:२०