☰ open Loading... 26 April 2024|  

सुर्खेत विमानस्थलको लागि जग्गा अधिग्रहण हुने
  | ५ मंसिर २०७७, शुक्रबार १९:३३

सुर्खेत – सरकारले सुर्खेत विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहण गर्न अनुमति दिएको छ ।
सुर्खेत विमानस्थलका लागि ३० बिघा  जग्गा अधिग्रहण गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई स्वीकृति दिने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले बताए ।