☰ open Loading... 25 February 2025|  

कोरोनाभन्दा घर खर्चकै पिरोलो
  | ६ मंसिर २०७७, शनिबार ०७:२४

दैलेख -कोरोना भाइरसको सङक्रमण फैलिए संगै दैनिक रुपमा काम गरी आफ्नाे जीवन गुजारा चलाउने गरिब असहाय बर्गहरुको जीनब अस्तव्यस्त बनाएकाे छ। दिनप्रतिदिन काेराेना संक्रमितको संख्या बढे संगै जसले बिहान साझ मजदुर गरि खाने बर्गहरुकाे लागि जीवन झनै अस्तव्यस्त बनाएकाे छ ।विषेश गरि गाउँ देखि दैलेख सदरमुकाम दाउराकाे भारी बाेकेर दैलेख बजारमा दाउरा वेच्नेकाे परिवारलाई सयौ परिवारलाई विहान बेलुका छाक टार्न कठिन भएको छ ।

दैलेखका बिभिन्न ठाउँबाट सदरमुकाममा गाउँबाट दाउरा लिएर बेच्न आएका विद्यार्थी ,महिला, बालबालिका निकै दुख भएको बताउँछन् ।दैलेख सदरमुकाममा विद्यार्थी ,महिला ,बालबालिकाहरु नारायण नगरपालिका ४ साेत, कालिमाटी ,विजाैरा ,देखि बजारमा दाउरा बेचेर घरखर्च चलाउँदै आएका छन् ।