| ७ मंसिर २०७७, आईतवार १७:०८
नारायण नगरपालिका दैलेख पशुपंक्षि शाखाले नगरका ३,४, ५,७,८,१० र ११ वडामा विदेशबाट आएका स्थानीयहरुलाई ब्यवसाय गर्न सहज होस् भनेर बाख्रा वितरण गरेको छ ।
कोरोना भाइरसको संक्रमणका कारण विदेशमा रोजगारी गुमाएकाहरुलाई प्रतिब्यक्ति ३ वटाका दरले २० जनालाई बाख्रा वितरण गरिएको पशुपंक्षि शाखाका प्राविधिक चित्र प्याकुरेलले बताए ।
बाख्रासंगै बाख्रा पाल्न सहज होस् भनेर कुडो र घाँस खुवाउने टान्डो समेत वितरण गरिएको जनाईएको छ । उन्नत जातका बाख्रा वितरण गरिएको जनाईएको छ ।