दैलेख -मन्दिरको चारैतिर सुन्दर भूभाग। त्यसैमा अडिएको विशाल संरचना । दैलेख सदरमुकाम सहित अधिकांश ठाउँको दृश्यावलोकन संगै मन्दिरबाट चारैतिर हेर्दा सुन्दर हरियाली डाँडाकाँडा ,हिमाल ,देख्न सकिन्छ ।प्रशिद्ध धार्मिक, ऐतिहाँसिक, पुरातात्विक र सामाजिक महत्व बोकेको दैलेखको वेलासपुर मन्दिर हाे।
सदरमुकाम नजिकै रहेको वेलासपुर मन्दिरको दर्शन गर्न पुग्ने पर्यटकको संख्या पछिल्लो निकै बढ्दो छ ।दैलेख सदरमुकाम देखि करिव ७ मिनेट सवारी साधनको यात्रा र त्यसपछि डाँडाको थुम्कोमा पुग्न ३ सय २६ वटा सिंढी पार गरेपछि वेलासपुर मन्दिर पुगिन्छ । जव सिंढी चढ्न सुरु हुन्छ त्यो बेलादेखि नै रमणिय वातावरणमा जो कोही पनि रमाउँछ । ऐतिहाँसिक रुपमा पुर्वमा चौबिसे र पश्चिममा बाइसे राज्य हुँदा यहाँ पनि एउटा राज्य वेलापुर राज्यको राजकाज शुरु भएको र बेलासपुरको स्थापना भएको स्थानीय बताउँछन्। बेलासपुर मन्दिर भ्रमण गर्ने अधिकांश पर्यटकले आफ्नो मनोकामना पुरा हुन्छ भन्ने विश्वासका साथ भेटी समेत चढाउछन् ।
| ९ मंसिर २०७७, मंगलवार ०७:५९