☰ open Loading... 22 December 2024|  

कर्णाली प्रदेशमा लक्षण सहितका काेराेना बिरामी बढे
  | १० मंसिर २०७७, बुधबार ०६:५५

पछिल्लो समय कर्णाली प्रदेशमा लक्षण सहितकाे काेराना विरामीकाे संख्या बढेकाे छ । प्रदेश स्वास्थ्य सेवा महाशाखाको तथ्याङ्क अनुसार पछिल्लो एक सातामा प्रदेशभर १ हजार ८३ वटा मात्रै स्वाब परीक्षण गरिएको हाे। कात्तिक पहिलो सातासम्म प्रदेशमा दैनिक एक हजार पीसीआर परीक्षण हुने गरेकामा अहिले एक सातामा मात्र एक हजार वटा पीसीआर परीक्षण हुने गरेको छ ।


अहिलेसम्म प्रदेशमा करिब दुई हजार जनाले मात्र शुल्क तिरेर कोरोना परीक्षण गरेका छन् । परीक्षण खर्च व्यहोर्नुपर्ने भएपछि परीक्षण गर्नेको संख्या ह्वात्तै घटेको जिल्ला अस्पताल दैलेखका कोरोना फोकल पर्सन धीरप्रसाद रेग्मीले बताए ।कर्णाली प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डा. नवराज केसीले सरकारी नीतिले परीक्षण दरमा कमी आएको बताए ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशाला र पश्चिम -रुकुम पीसीआर प्रयोगशाला पनि कडा लक्षण देखिएका र कन्ट्याक्ट ट्रेसिङमा परेकाहरूको मात्रै निःशुल्क परीक्षण गर्ने गरिएको छ ।



सरकारको पछिल्लो निर्णयले कन्ट्याक्ट ट्रेसिङ पनि प्रभावकारी हुन नसकेको स्वास्थ्यकर्मीहरू बताउँछन् । कन्ट्याक्ट ट्रेसिङको जिम्मेवारी स्थानीय तहलाई दिइएको छ, तर काम भएको छैन ।प्रदेश सरकारले कोरोना परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेपनि त्यसको प्रभावकारी कार्यान्वयन भने हुनसकेको छैन । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खड्का भने यसबारे समन्वय र छलफल भइरहेको बताए । लक्षण देखिएकाहरूको भने निःशुल्क परीक्षण गर्ने गरिएको डा. खड्काको भनाइ छ ।तिहार अघिसम्म सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालको कोभिड उपचार केन्द्र चारजना मात्रै अक्सिजन लगाउनुपर्ने कोरोना संक्रमित थिए । अहिले १२ जनालाई अक्सिजन लगाएर उपचार गर्नुपर्ने अवस्था आएको प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डा. नवराज केसीले बताए ।कर्णाली प्रदेशमाअहिलेसम्म ६ हजार ६ सय ९६ संक्रमित रहेको हालसम्मा १९ जनाको मृत्यु भएको छ।