☰ open Loading... 17 May 2024|  

विश्वविद्यालयले प्रशासनिक पारदर्शितालाई वेवास्ता गरेको आरोप 
  | ११ मंसिर २०७७, बिहीबार १८:२३

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले प्रशासनिक पारदर्शितालाई वेवास्ता गरेको आरोप लागेको छ । प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल मप विश्वविद्यालय केन्द्रिय समितिले उपकुलपति प्राडा नन्दबहादुर सिंहलाई ज्ञापन पत्र बुझाउँदै विश्वविद्यालय सहमति, सहकार्य र पारदर्शितालाई व्यवास्ता गर्दै अघि बढेको आरोप लगाइएको हो ।

विश्वविद्यालयमा कार्यरत कर्मचारीको पेशगत हकहित, वृत्तिविकास र समग्र विश्वविद्यालयलाई दीर्घकालिन रुपमा प्रत्यक्ष नकारात्मक असर पार्ने गरी विश्वविद्यालयको दशौं सभामार्फत नियमावली संशोधन गर्न लागिएको भन्दै विभिन्न ११ बुँदे मागसहितको प्रस्ताव राखिएको छ । ज्ञापनपत्र मार्फत ती विषयहरलाई यथाशिघ्र सम्बोधन गर्न जोडदार माग गरिएको छ ।

ज्ञापनपत्र सहित यस्ता छन् मागहरु ः