☰ open Loading... 27 February 2025|  

आगलागीबाट पाँच घर क्षेति
  | १२ मंसिर २०७७, शुक्रबार १०:४४

मुगु -बिहीबार दिउँसो आगलागी हुँदा मुगुको खत्याड गाउँपालिका–३ रोलगाउँमा पाँच घरमा क्षति पुगेको छ। आगलागीबाट हस्तबहादुर शाही, होमबहादुर शाही, डबलबहादुर शाही, टेकबहादुर शाही र सुनकौरा सिंहको घर पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय मुगुलेे जानकारी दिएकाे छ। आगलागीबाट सुनकौरा सिंहको दाहिने हातमा सामान्य जलेको छ।अागलागीबाट करिब ३० लाख रुपैयाँको क्षति भएको प्रहरी निरीक्षक विकले बताए।