☰ open Loading... 17 May 2024|  

नक्कली प्रहरी पक्राउ
  | १२ मंसिर २०७७, शुक्रबार १९:४६

सुर्खेत । ‘म प्रहरी हुँ’ भन्दै नक्कली प्रहरी बनेर ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले कालिकोट शान्नी त्रिवेणी गाउँपालिका ४ स्थायी घर भएका हाल वीरेन्द्रनगर नगरपालिका ३ तातोपानी बस्ने बिल बहादुर धानीलाई पक्राउ गरेको हो ।

प्रहरी हुँ भन्दै ठगी गरेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी निरीक्षक कनक शाहीको कमाण्डमा खटिएको टोलीले घर खानतलासी गरी नगद १२ हजार सहित धामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

धामीलाई नियन्त्रण पश्चात अनुसन्धानका क्रममा सोधपुछ गर्दा वन कार्यालयको वन रक्षक भनी बताएको जनाइएको छ । उनकाे थप अनुसन्धान भैरहेकाे कार्यालयकाे भनाइ छ ।