कहाँ गयौ अमर थापा
देश लुटीन थाल्यो आज ।
कहां गयौ भक्ती थापा
आज सिमा मिचिन थाल्यो।
गोर्खालीको नाम बदनाम
नेपालमा आज हुन थाल्यो ।
स्वार्थ परक संन्जालको दियो
नेपालमा बल्न थाल्यो ।।
इतिहाँस विर्षेको नेपालमा स्वार्थ अंहकार र अहँताको नाता बाद कृपा बाद र ब्यक्तीबादको सँन्जालले प्रशर्य पाई मुलुक गृहमेघि मृग माँयाको चपेटामा पर्नु स्वभाविकै छ । किनत भन्दा हाम्रो देश स्वतन्त्र देविदेवताको तपो भमि देव भुमि हिमालै हिमाल जलै जल र जंगलले शुषोभित खानी जडीबुटीको रास्ट्रको हिशावले यो रास्ट्र विश्वको आँखाको नानी मा चिरपरिचित रहदाँ विदेशिहरुको चलखेल र स्वदेशि अराजक नितीको सिकार गर्नु परेका दृश्य हरु पुस्टी हुदैछन । यो देशमा राजा पृथ्वी नारायण शाहले बाइसे चौविशे राज्यहरु लडाइँ द्धारा जित हासिल गरी सिङ्गो नेपालको अबधारणा अघि सारी देश विदेशमा नेपाल राष्ट्र लाई चिनाउन अघिसरे ,भीमसेन थापाले सत अनुसार राज्य चलायमानको अवधारणा अघि सार्दा ज्यान गुमाँए । भक्ती थापा, लखन थापा, अमर थापाले विर गोर्खालीको नामले नेपाल राष्ट्र लाई चिनाए, राणाहरुले ठुल ठुला दरवार निमार्ण गरी राज्यको अर्थ तन्त्र तहस नहस हुन नदीन साटा साट प्रणालीबाट को राज्यको सम्पत्ति राष्ट्र मै रहनु पर्दछ भन्ने पद्धती कायम गरे देवशमशेर जबराले राज्यमा सँन्चार पद्धतीको थालनी अघि सारे । राजा महेन्द्रले १९५० को सन्धि कायम गरे तर सत्र हजार हेक्टर भुमिमा भारतको सेना किन राख्न दिए ।
राजा विरेन्द्रले शान्ति क्षेत्र घोषणाको लागी एकसय छत्तीस राष्ट्र को हस्ताअक्षर गराउन सफल भए अन्तमा विस्तारवाद भारतले हस्ताक्षेर नगर्दा नेपाल शान्ती राष्ट्र को सुचिमा पर्न गएन राजा बिरेन्द्रको बशंविनास भयो। राजा ज्ञानेन्द्र आए हटे बिचको प्रजातनत्रमा , सडक सन्जालमा , स्कुल कलेजमा ठुलो विकाश भयो । तर जनकपुर चुरोट कारखाना, चिनी कार खाना , हेटौँडा कपडा उद्योग जति बन्द भए खुल्ला अर्थ तन्त्र निती भनी माँफीया, भुमाफीया, गुण्डा, दलाल द्धारा राज्य संन्चालन भएको भान गर्न थाले जनताले तत पश्चात २०५२ देखी कथित जनआन्दोलनको थालनी भई गणतन्त्रको स्वाङ्ग र ढवाङ्ग फुकेर १७५००जनताले बलिदानी दीए । काँग्रेस, एमाले शान्ति सम्झौता गरी २ दुई पटक सम्विधान सभाको चुनावमा दोस्रो पटक न्यायाधिषले चुनाव गराई गणतन्त्र लिनु भयो ।
तर एक दुई राम्रा काम गरेको राजा प्रधानमन्त्री मन्त्रीहरुले गरे तर २०३६ सालको बहुदल निर्दल को चुनाब हुँदा कं.स.कोषको रकम वन विनाश भई पँन्चायती कालको विजय भयो । सबैले राज्यको लागी राम्रा काम गरेता पनि ३६ छत्तीस सालले भ्रस्ट्राचार गर्न पनि सिकायो । तर १७ सत्रहजार मान्छे मारी ल्याएको गणतन्त्रमा त जनता सम्म बौँक लुटने चोरी गर्ने धाक धम्कीदीने काँम नगन,कोठामा बसि नुडुल्स खाएर बसि खाने गरी नखाने बनायो, हुंदा हुंदा हत्या, हिन्सा ,बलत्कार का जघन्य घटनाहरु घटेका घटे भए शुसान शिक्षा रोजगार जस्ता कृर्षी जिरोमा पुगे पछि युवा युवतीहरु विदेश पलाएन भए देश थला पत्यो डोजरे विकाशले प्रशयै पायो , गरीबका घर खेत गए, गरीवको चरम सिमा ना यो जती जती जनता गरीव हुन्छन शासक हरुको त्यतीनै लम्बो आयु हुन जाने भएकाले उद्योग कल कारखानाको बन्दा बन्दी साथ भिखारी नितीका कँगाल हरुको एक झुण्डले ठुला ठुला पोस्टमा आफ्ना नातेदार भाई भारदार आफ्ना बंशजमा पुरा गरी नाता बाद क्रिप्पाबाद सम्मलाई मुठ्ठी भर कब्जा जमाई सासन पद्धती अघि बढाउन थाल्दा शास्त्रमा भनीएको छ । ब्राहमणले वेदको रक्षा गरुन क्षेत्रीले राज्य सन्चालन गरी क्षेत्रव बनुन , बैश्यले ब्यापार अगाडी बढाउन सुद्रले कलाकारीता अगाडी बढाउन र ठुलो ठुलो निमार्ण गरुन तर आज धर्मस्खलीत भई बेद बेची ब्राहमणहरु राज्य सन्चालनमा छन । क्षेत्रीहरु ब्राहमण हरु मिली भक्षा भक्ष भोजन को चरम चुलीमा चुरलम्म डुबेका छन । वैश्यहरु ब्यापार छोडी माँफीया, भुमाँफीया गुण्डाको चगुलमा फसिरहेका छन । शुद्रहरु कला निमार्ण छोडी जातीय दंगा फंसादमा फसेका छन । र जनता प्रताडीत भएका छन । हत्या हिन्सा वलत्कारको शिकार हुन पुगेका छन । जनतालाई गणतन्त्रमा मंहगो कर तीरी माँफीया, भुमाँफीया, दलाल , गुण्डा र घोषीत अघोषीत चोर छिनार र फटाहाहरुको पालन पोषण गरी आफु गरीबको रेखा मुनि पुग्न बाध्य भएका छन । योहो पांखण्डीहरुको कब्जामा गरविहरुको शिकार र धर्म बाट स्खलीत र सिद्धान्तबाट विचलीत पार्टीहरुले देशको विकाश गर्नै सक्दैनन । किनत भन्दा राजाका पालामा एक मात्र राजाले भ्रस्ट्राचार गर्थे अहीलेत स्थानीय तह देखी प्रदेश हुदै सँघ सम्मका राजा राजाका भाई भारदार , सासु ससुरा, साला साली, छोरी जुवाई, माँफीया, भुमाँफीया , विचौलीया, दलाल, सुन चोर देखी उन चोर सम्मको चंगुलमा सोझा साझा डेढ करोड जन्ता जती फसे जम्मा ७५ लाख भोक मरी गरीबले तथा नामको सुचीमा छन । जो सडक सडक मा सामाजीक सेवक संस्थाहरुले दिन दिनै भात बाँडदा मज्जाले खुसी भई पेट पालनमा छन । र पचहत्तर हजार जती मध्य वर्गहरुले धर्म सनातन इज्जत धामी अघि बढ्नु पर्ने बाध्यता छ निरलज्जहरुको कित्ता भनेको खान नपाउने लाउन नपाउने गरीवी बाट विवश जनताले कसरी लाज बचाउन दोस्रो देश भनेको देश बेचेर पनि पैसा कमाउने व्यक्ती र ब्यक्तीका नातेदार हरु जो माँफीया , भुमाफीया ,गुण्डा ,दलालको कित्तामा अटाउन सक्दछ । नेपालमा त यो देखा परि सक्यो क्ती व्यक्ती धनी रास्ट्र कँगाल हाम्रो देश राजा रजौटा देखी गणतन्त्र सम्म आई पुग्दा विश्वकै प्रथम सुचिमा गरीवीमा आई भ्रष्ट्रचारमा प्रथम श्रेणीमा पुगेको हामी दीन दीनै सामाजीक सन्जाल र समाचारमा मज्जाले सुन्न पाउदछौँ ।
गणतन्त्र भनेको टुद पिपुल , फोरद पिपुल वाइद पिपुल जनताको लागी जनता द्धारा जनताले चुनेका प्रतिनिधी जनसेवकको भुमिकामा रहन अति शुन्दर व्यवस्था लेखिएको सुनौलो दस्ताबेज सम्विधान मा ब्यवस्था गरीएको छ ।
तर नेपाली गरीव जनताले गति महँगो व्यवस्थालाई कसरी पाल्न सक्दछन करोडौ राजै राजा को देश कहाँ पाईन्छ भन्दा नेपालमा अचम्म मान्ने कुरै भएन किनत भन्दा तिन तहका सरकार तिनका तिनै तहका नेताहरु को तलवमान सेवा सुविधा औषधि मुलो गाँस बाँस कपास को पुर्ण प्रत्याभुती राज्यले गराउनु पर्ने मा जनताले यि मंहगा नेता पाल्नु पर्ने यिनका विला शिता का साधन गाडी मोटर कारपेट देखी लिएर अवकाश जिवन पछि सेवा सुविधामा राख्नु पर्ने मंहँगा मंहगा यिनका शियर भएका कलेज चलाई दीनु पर्ने स्थितीको लागी मात्र १७हजार५००सयले जनसमुदायले जिवनको आहुती दिएको सार्थ कता होत यो अवश्य पनि विधिको विधान सम्म त छैन ।
विधीत सँसार खडा छ संसारमा पदार्थ र जल जंगल पृथ्वीले जुटाईएको छ । मनुस्य भएर जन्मी सकेपिछ मर्यादा पुरुष रामको जस्तो पापको मोचन गरी धर्मको रक्षा गर र अन्तीममा भक्ती साधना बाट मनुस्य जिवन धन्य पारी म मानैमिल जन्मा जन्ममा नपर भनेर ग्रन्थ विधा द्धारा भगवानले चतुर मुखि ब्रहमा द्धारा श्रृस्टी मा विध्या आरम्भ गरेका हुन तर नेपालमा उल्टा बाट पृथ्वी घुमेको अवस्था विध्यमान छ र पुस्तै पुस्ता रहिरहेको छ। यहाँ तपो भुमि नेपाल , हिमालै हिमालका नेपाल, तराँई फाँटको नेपाल, जलजंगलको नेपालमा अराजकता फैलाई देश शिक्कीमी करण तर्फ लागेको विस्तार वाद भारत र यो देशमा एम.सी.सी. जस्ता योजना लागु गरी अस्थिरतामा राखी सेनालाई सम्पन्न राष्ट्र चाईनालाई ठेगान लगाई विश्व सम्राटको भुमिकामा रहन खोज्ने अमेरीकाले भारतलाई उस्काई नेपाल तहस नहस गराउने प्रक्रीया मा रहेका लोभि पापी नितीनिर्माता लाई कु चक्रमा फसाई नेपाल देश रहने वा नरहने अवस्थामा पुग्न थालेको होकी भन्ने हालको नेपालको राजनीतीक पार्टीको किचलोले पुस्टी हुन जान्छ । देश विकाश र समृद्धीमा जान्छ । देशमा रेल पानी जहाज सडक विस्तार विजुली पानी , शिक्षा रोजगार, कृर्षीमा आत्म निर्भरता जस्ता नाराले दुई तिहाई बहुमतमा सरकार निर्माण गर्न सफल र सबल बनायो तर सरकार पार्टीको किचलो समाधानको लागी त अबश्य बनेको होईन । जनताले अपेक्षा गरेको त बेरोजगारीको अन्त्य , अशिक्षाको अन्त्य, कृर्षीमा आत्मनिर्भता, बत्ती विजुली पानीमा आत्मनिर्भरता, स्वरोजगारीको प्रत्याभुती , औषधि मुलोमा जनताको पहुच, सिप कलामा निपुर्ण भई देश विकाश निमार्णमा सम्पन्न हुनकै लागी आफ्ना नेता चुनि पठाइएका हुन ।
तर यहाँ पार्टी पार्टीमा ग्रह कलह आरो प्रत्यारोपका खेती र महगो ब्यवस्थालाई पाल्न नसक्ने जनताका आवाजले गणतन्त्रका हिमायती हरुको चुरो कुरो जनताले छिट्टै नवुझेको होइन भन्ने स्पस्ट भैसक्यो । त्यसैले व्यक्ती पिच्छको राजालाई नेपाली जनताले पाल्न नसक्ने स्पस्ट भैसक्यो र यि पार्टीले देशको विकाश गर्ने होईनन् ।पाटकिा झोले झाम्टे कार्यकता पाल्मैमा देश टार्ट पल्टाउने भन्ने जनतामा स्पष्टता छाईसक्यो । यि घिन लाग्दा पाटीका करोडौ राजा पाल्नु भन्दा राजा आउ देश बचाउ भन्नै नारामा जनता उल्लीन थाले । यो पनि सार्थक होईन , किनकी बिस्तापित गरेको कुरा स्थापित हुनु थुकेको थुक निल्नु बाहेक केहि होईन ।यो पनि बिदेशीहरुले चलखेल गरी नेपाल डुबाउने कुचेस्टा यदि तपाई कुने दलमा पनि नित नैतिकताको खडेरी परेको हो भने श्रिमत भागवत गिता पढ् जन्म दिने आमाको रक्षा गर, भ्रष्टाचार तुस तृष्णाको त्याग गर । नाताबाद क्रिपाबाद जालो उखेल ।देश बेच्ने नितिको अत्य गर । जलजङ्गल कृषिको शिक्षा र रोजगारको पत्याभुति हुने गरि योजना ल्याउ । जनता बाट माफी मागेर पापको प्रयार्सित गर । अवस्य देश धर्मबाट स्खलित,नेता बिचारबाट बिचलित हुने छैन्न र पार्टीहरुले देश विकास गर्न सक्दैन् भन्ने भावनाको अपरोपकारायत्य गर ।
पराेपकारायःपुण्याहःपापय परिपिडमनम्ःसत्यम शिबम्ःशुन्दरम्
लेखक
रण बहादुर ऐरी
कार्यालय प्रमुख
खा.ब्या.तथा ब्या.क.ली
शाखा दैलेख