☰ open Loading... 25 February 2025|  

अलपत्र पर्‍यो पर्यटकीय गाउँ गुराँसेको योजना
  | १६ मंसिर २०७७, मंगलवार १९:३०

सल्यान : सल्यान गुराँसेलाई युद्ध पर्यटकीय क्षेत्र विकास गरी नमुना गाउँ बनाउने घोषणा गरिएको धेरै वर्ष भयो। द्वन्द्वमा पिल्सिएको गाउँलाई शान्ति प्रक्रियापछि नमुना गाउँ बनाउने कार्यक्रम आए पनि युद्ध पर्यटकीय क्षेत्रको विकासले भने गति लिन सकेको छैन।

२०५७ र २०५९ जेठ २९ गते गुराँसेमा स्थानीय २ सहित ११ जनाको ज्यान जाने गरी ठूलो भिडन्त भएको थियो। भिडन्तमा धेरै मानिस घाइते भएका थिए। गुराँसेसहित आसपास क्षेत्रमा ७० घरमा आगजनीसमेत भएको थियो।२०६३ मंसिर ५ मा राज्य र माओवादीबीच शान्ति सम्झौता भएपछि पीडितलाई राहत र क्षतिपूर्ति दिने कार्यक्रम बनेका थिए।

ठूलो क्षति भोगेका गाउँमा सरकारले ‘नमुना गाउँ बनाउने’ कार्यक्रमअन्तर्गत गुराँसेलाई पनि छनोट गरे पनि घोषणाको डेढ दशक बितिसक्दा पनि गुराँसेले मुहार फेर्न नसकेको स्थानीय तेजबहादुर योगीले बताए।