☰ open Loading... 17 May 2024|  

बलात्कारपछि हत्या गरेको अभियोग लागेर पक्राउ परेका राजेन्द्र बोहाेरा फरार
  | १९ मंसिर २०७७, शुक्रबार १०:४९

डाेटी – बझाङका १६ वर्षका राजेन्द्र बोहोराले १२ वर्षीया बालिका सम्झना विकको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका उनी फरार भएका छन् ।

डोटी जिल्लाको बालसुधार केन्द्रमा राखिएका उनी गएराति भागेका जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेले जानकारी दिए ।
बोहाेरालाई केही दिन पहिले कोरोना सङ्क्रमण देखिएपछि बालसुधार केन्द्रबाट जिल्ला अस्पतालको आइसोलेशन वार्डमा भर्ना गरिएको थियो ।