☰ open Loading... 11 March 2025|  

सामूहिक तरकारी खेतीतर्फ रमाउदै महिलाहरु
  | १९ मंसिर २०७७, शुक्रबार १७:४८

सल्यान : सल्यान कालीमाटी गाउँपालिकाका दलित समुदायका महिलाहरू सामूहिक तरकारी खेतीतर्फ अग्रसर हुन थालेका छन्। आम्दानीको रूपमा कालीमाटी गाउँपालिका ३ ढोरेनीका दलित समुदाय महिलाहरु मिलेर तरकारी खेती सुरु गरेका हुन्। ७ जना दलित समुदायका महिला र ३ जना जनजाति महिला मिलेर १३ रोपनी जग्गा भाडामा लिएर सामूहिक तरकारी खेती सुरु गरेका छन्।

महिलाहरुले खैरेनी कवुलेयति व्‍यवसायी तरकारी खेती समूह नै दर्ता गरेर वार्षिक ४२ हजार भाडा तिरी १३ रोपनी जग्गामा खेती गर्दै आइरहेका छन्। २० जना समूहमा आबद्ध रहेका महिलामध्ये १० जना महिलाहरु मिलेर २०७५ साल जेठ महिनादेखि खेती सुरु गरेको उनीहरुले बताएका छन्। यस सिजनमा मात्रै ४८ क्विन्टल तरकारी उत्पादन गरेर ३ लाख ३६ हजार आम्दानी गरेको भावना विकले बताइन्।