☰ open Loading... 25 February 2025|  

जिप दुर्घटना हुँदा चार जनाकाे मृत्यु
  | २० मंसिर २०७७, शनिबार ०८:२९

हुम्ला : सिमकोट गाउँपालिका–७ डाँडाफयाको जबुका नजिकै शुक्रबार राति भएको  जिप दुर्घटनामा चार जनाकाे मृत्युु भएको छ।शुक्रबार राति पौने ११ बजे लु २ च २१०२ नम्बरको जिप दुर्घटनामा परी एक महिलासहित चारजनाको घटनास्थलमै मृत्यु भएको हाे।
मृत्यु हुनेमा सिमकोट गाउँपालिका–७ का ३० वर्षीय पर्वत सुनार, सिमकोट–२ का २९ वर्षीय पारस बोहरा, नाम्खा गाउँपालिका–१ हेप्का गाउँका ४५ वर्षीया दुखी तामाङ  र  ४८ वर्षीय गुरु तामाङ रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए।सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको जिप बिरामी बोकेर सिमकोट फिर्ता हुने क्रममा सो दुर्घटना भएको हाे। दुर्घटनामा सातजना घाइते भएका छन्।