☰ open Loading... 18 May 2024|  

जीवन वीमाअभिकर्ता आधारभूत तालिम सम्पन्न
  | २० मंसिर २०७७, शनिबार १९:१८

दैलेख- रिलायन्स लाईफ इन्स्योरेन्स दैलेख शाखाको आयोजनामा दैलेखमा जीवन बीमा अभिकर्ता आधारभूत तालिम सम्पन्न भएको छ ।विमा संस्थाले जनसमुदायलाई लक्षित गरेर क्षमता विकास गर्न उक्त कार्यक्रमको आयोजना गरेको हो ।होटल मानसरोवरमा आयोजना गरिएको १दिने जीवन वीमा कार्यक्रममा करिब २५ जना भन्दा बढीकोको सहभागिता रहेको थियो ।

तालिममा जीवन बीमाको महत्व, , कम्पनी स्थापना , बीमाको परिचय, सिद्धान्त, प्रकार र बीमा संस्थानका बीमा लेखहरुबारे जानकारी लायन्स लाइफ इन्स्योरेन्स नेपालगन्जका क्षेत्रिय प्रवन्धक दिपक कुमार वलीले जानकारी दिएका थिए ।
त्यसैगरी बीमा ऐन, नियमावली लगायतका कानूनहरु र अधिकर्ताले पाउने सेवा सुविधाबारे स्पष्ट पारिएको थियो । अभिकर्ता संख्या बृद्धि र व्यवसाय बिस्तार गर्ने उद्देश्यले तालिम आयोजना गरिएको रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेड दैलेख शाखाका प्रमुख कृष्ण विकले बताए ।