☰ open Loading... 5 May 2024|  

सुर्खेत मालपोत कार्यालयमा पालो सिस्टम लागू  
  | २१ मंसिर २०७७, आईतवार १८:०४

मालपोत कार्यालयमा दैनिक सेवाग्राहीको अत्यधिक भीड बढेपछि पालो सिस्टम लागू गरिएको छ।

आजदेखि लागू हुने गरी कार्यालयले सूचना प्रकाशित गरेर पालो अनुसार काम गर्ने जनाएको हो।

कार्यालयमा मंगलवारदेखि शुक्रवारसम्म वीरेन्द्रनगर नगरपालिका भित्रको काम गर्ने जनाएको छ भने अन्य ६ स्थानियतहरुमा आइतवार र सोमवार गर्ने बताएको छ।

चौकुने गाउँपालिका, बराहताल गाउँपालिका, चिंगाड गाउँपालिका, लेकबेसी नगरपालिका, पंचपुरी नगरपालिका र भेरीगंगा नगरपालिकाको काम अवदेखी आइतवार र सोमवार हुने भएको छ।

कार्यालय प्रमुख लक्ष्मी खत्रीले सेवाग्राहीको चाप अत्यधिक बढ्दा र कोभिड—१९ को जोखिमलाई कम गर्न पालो अनुसार काम गर्ने प्रणाली लागू गरिएको बताए।

उ नले हाल दैनिक सयौं सेवाग्राही आउँदा कार्यालयमा थामि नसक्नुको भीड हुने गरेको भन्दै यो सेवाले सेवाग्राहीलार्इ राहत हुने बताए।

प्रमुख खत्रीले सेवाग्राहीले सेवा असहज, ढिलो भएको गुनासो आएपछि पालो अनुसार काम गर्दा केही सहज र छिटो हुने विश्वासले यसो गर्न लागिएको उहाँको भनाइ छ।

यस्तैबीच बीरेन्द्रनगर नगरपालिकाले मालपोतमा हुने कामलार्इ सहज बनाउन भन्दै दुई जना प्राविधिक मालपोत कार्यालय पठाएको छ।

नगरपालिकाले उपकरण सहित जनशक्ति पठाएको कार्यालयले बताएको छ।