☰ open Loading... 4 March 2025|  

एक वर्ष सम्म हावाले उडाएको विद्यालयको छानो अझै बनेन
  | २२ मंसिर २०७७, सोमबार १८:५५

सल्यान – एक वर्ष पुग्नै लाग्दा पनि सल्यानको एक विद्यालयको छाना मर्मत हुन सकेको छैन। गत फागुनमा हावाहुरीले छाना उडाएको बनगाड कुपिण्डे नगरपालिका–११ मारहेको रहेको भेरी निम्न माध्यमिक विद्यालयको दुईकोठे भवनको छाना अझै हाल्न सकिएको छैन।

विद्यालयको आन्तरिक आम्दानीको स्रोत नभएको र स्थानीय सरकारलाई फाइल पठाउँदा पनि कुनै सुनुवाइ नभएको प्रधानाध्यापक हेमराज वलीले बताए।निजी स्रोतका शिक्षकलाई तलब खुवाउन नसकेर कक्षा ८ बाट पाँचसम्म झार्ने योजना भएको प्रधानाध्यापक वलीले जानकारी दिए।