☰ open Loading... 17 May 2024|  

कालीकाेटमा अागाेमा परि एकजनाकाे मृत्यु
  | २२ मंसिर २०७७, सोमबार ०९:५३

कालीकाेट । कालीकाेटमा अागाेमा परि एकजनाकाे मृत्यु भएकाे छ । शुभकालीका गाउँपालिका-३ भर्तामा अाइतबार राति अागलागी हुँदा १५ वर्षीया हिरु शाहीकाे मृत्यु भएकाे हाे ।

पृथीबहादुर शाहीकाे घरमा राति अागाे ताप्न पराल बालेकाे अवस्थामा अागलागी भएकाे थियाे । उक्त अागलागीमा १२ वर्षीया सर्मिला शाही घाइते भएकी जिल्ला प्रहरी कार्यालय कालीकाेटले जनाएकाे छ । घाइते सर्मिलालाई उपचारका लागि सुर्खेत पठाइएकाे छ ।