सुर्खेत । नेपाली कांग्रेसका नेता तथा नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महरले सरकार सुतेको स्वाङ परिरहेको बताएका छन् ।सोमबार सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता महरले सरकारका विभिन्न काण्ड सार्वजनिक हुँदा समेत चुप लागि बसेको आरोप लगाएका हुन् । ‘सरकारले काम गर्न सकेन भन्दै पटक पटक आवाज कांग्रेसले उठाउँदै आएको छ ।अब यसका लागी नेपाली कांग्रेसले यही मंसिर २९ गते देशव्यापी सरकार विरुद्व विरोध प्रदर्शन गर्दैछ । सरकारले जनतालाई जबाफ दिन नसकेर लामो समयसम्म सदनमा नआएको भन्दै उनले सदनमा सरकारले जबाफ दिनुपर्ने बताए । नेता महरले सरकारी निवासलाई नेकपाको कार्यालय बनाएको आरोप समेत लगाए ।
प्रचण्डले प्रधानमन्त्रीमाथि लगाएको आरोपको नेपाली जनताले जबाफ खोज्ने बेला भएको भन्दै उनले जवाफ कांग्रेसले माग्नका लागि आन्दोलनको तयारी गरेको बताए । सरकारका नराम्रा काम जनता सामु आउने त्रासले सरकारले काँग्रेस नेताहरुलाई कार्यक्रम आयोजनामा उपस्थित हुन रोक्ने लगायतका काम गरेको आरोपमा लगाएका छन् ।
लोकतन्त्रको बर्खिलाप सरकार अघि बढेको भन्दै यसको विरुद्ध हाम्रो आन्दोलन सुरु हुन लागेकोले सबैलाई मंसिर २९ गते हुने देशव्यापी विरोध प्रदर्शनमा सहभागी हुन समेत आग्रह गरे । राजतन्त्रको माग गर्दै सडक भइरहेको प्रदर्शन सविधान विपरितको कार्य हुँदासमेत बालुवाटार बात त्यसको संरक्षण भइरहेको आरोप नेता महरले लगाए।