☰ open Loading... 29 November 2024|  

टिमुरले पाएन बजार
  | २६ मंसिर २०७७, शुक्रबार १८:१६

सल्यान : उत्पादन भएको टिमुरले बजार नपाएपछि सल्यानमा किसानहरु समस्यामा परेका छन्।
छत्रेश्वरी गाउँपालिका ५ महानेटाका किसान मोहन केसीले आफूले उत्पादन गरेको टिमुर बिक्री नहुँदा घरमा नै थन्किएको बताए। गत वर्ष टिमुर बिक्रीबाट मात्रै करिब तीन लाख रुपैयाँ आम्दानी गरेका उनले यस वर्ष भने झण्डै तीन क्विन्टल बिक्री नभएको बताए।

गत वर्ष प्रतिकिलो ७०० रुपैयाँका दरले बिक्री गरेको टिमुर यस वर्ष ४०० रुपैयाँमा समेत बिक्री नभएको उनको भनाइ छ। ‘मैले गहुँ, मकैँ रोप्ने वारीमा टिमुर खेती गरेको छु। टिमुरका ५०० बोटले उत्पादन दिइरहेका छन्,’ उनले भने, ‘केही साना बोटहरु पनि रहेका छन्। टिमुर बिक्रीबाटै जीवन गुजारा चलाउँदै आएको थिएँ। यस वर्ष टिमुर बिक्री नहुँदा समस्या भएको छ।’