☰ open Loading... 13 October 2024|  

नेपाली कांग्रेसले आयोजना गरेको सरकार विरुद्धको विरोध सभामा हजारौ सहभागी
  | २९ मंसिर २०७७, सोमबार १६:४९

नेपाली कांग्रेसले केपी ओली नेतृत्वको सरकारविरुद्ध विशाल प्रदर्शन देशव्यापी रुपमा शुरु गरेको छ। कर्णाली प्रदेशका सबै जिल्लामा पनि सरकार विरुद्ध विरोध प्रर्दशन भएको हो । कर्णालीमा आज एक लाख बढीले विरोध सभामा सहभागी भएको जनाइएको छ । सुर्खेत र दैलेखमा हजारौ जना विरोध सभामा सहभागी भए ।

केपी ओली नेतृत्वको सरकार भष्ट्राचार, कुशासन, अधिनायकवाद र सर्वसत्तावादतर्फ उन्मुख भएको ठहर गर्दै नेपाली कांग्रेसले देशव्यापी विरोध प्रदर्शन गरेको हो।

कांग्रेस सभापति शेरबहादुर देउवा र प्रवक्ता विश्वप्रकाश शर्मा हेटौंडामा भएको कार्यक्रमलाई सम्बोधन गरे । वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौं, उपसभापति विमलेन्द्र निधिले भक्तपुर, महामन्त्री शशांक कोइरालाले विराटनगर र कोषाध्यक्ष सीतादेवी यादवले ललितपुरको कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

यस्तै, सहमहामन्त्री प्रकाशशरण महत झापा, पूर्व उपसभापति गोपालमान श्रेष्ठ काभ्रे, पूर्वमहामन्त्री प्रकाशमान सिंह धनुषाको कार्यक्रममा सहभागी भए ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला महोत्तरी, चित्रलेखा यादव सप्तरी, रामशरण महत चितवन र अर्जुननरसिंह केसी पोखरामा हुने कार्यक्रममा सहभागी  भए ।

केन्द्रीय सदस्यहरू गगन थापा कैलाली, प्रदीप पौडेल कञ्चनपुर र एनपी साउद अछाम पुगे ।