☰ open Loading... 9 July 2025|  

सल्यानमाआर्थिक अभावले अस्पतालमै थन्कियो स्वाब
  | ३० मंसिर २०७७, मंगलवार १०:३५

सल्यान :आर्थिक अभाव हुँदा स्वास्थ्य कार्यालय सल्यानमा पिसिआर परीक्षणका लागि संकलन गरिएको स्वाब अस्पतालमै थन्किएको छ।कोरोना परीक्षण केन्द्र सुर्खेतसम्म संकलन गरिएको स्वाब पठाउन यातायातका लागि दिनु पर्ने रकम अभाव हुँदा समस्या भएको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले बताए।
स्वास्थ्यका लागि सक्षम प्रणाली नामक संस्थाले महिनाको दुईपटक स्वाब पठाउनका लागि यातायात खर्च व्यहोर्ने भए पनि उक्त खर्च पनि पर्याप्त नभएको उनको भनाइ छ। उनले भने, ‘एउटा गाडीले सुर्खेतसम्म पुगेको सात हजार ५०० रुपैयाँ लिन्छ ।’