☰ open Loading... 18 May 2024|  

सुर्खेतमा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ६ जना पक्राउ
  | ८ पुष २०७७, बुधबार १८:५३

सुर्खेत – ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ६ जना पक्राउ परेका छन् । ट्राफिक प्रमुख उपेन्द्रप्रसाद आचार्यको नेतृत्वमा भेरीगङ्गा नगरपालिका १३ भेरी पुलको सडक खण्डमा जाँच गर्ने क्रममा कारबाही गर्न खोज्दा पैसा दिन खोजेपछि उनीहरुलाई प्रक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा कैलालीका विवेक सिंह, अर्घाखाँचीका कलम पुन, चितवनका कृष्णबहादुर नेपाली, बाँकेका सुनील विश्वकर्मा, प्रमोद विक, सुर्खेतका कमल रजा छन् ।