☰ open Loading... 4 March 2025|  

ओली समूहको केन्द्रीय कमिटी बैठक : प्रचण्डको अध्यक्ष खारेजदेखि, प्रदेश संयोजक जिम्मेवारी
  | ९ पुष २०७७, बिहीबार १८:३६


काठमाडाैं: नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली समूहको केन्द्रीय कमिटी बैठकले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको अधिकार खारेज गरेको छ।

नेकपा ओली पक्षको बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको कार्यकारी अधिकार खारेज गरेको हो। पार्टी महासचिव विष्णुप्रसाद पौडेलले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको अधिकार खारेज गरिएको बताए।

बैठकले सातै प्रदेशमा पार्टी कामको संयोजन गर्न नेताहरुलाई जिम्मेवारी तोकेको छ। प्रदेश नम्बर १ मा सुभाषचन्द्र नेम्बाङ, प्रदेश नम्बर २ मा सत्यनारायण मण्डल, बागमती प्रदेशमा ईश्वर पोखरेल, गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनी प्रदेशमा शंकर पोखरेल, कर्णाली प्रदेशमा मणि थापा र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई पार्टी संयोजनको जिम्मा दिने निर्णय बैठकले गरेको हो।

त्यसैगरी जनसंगठनको संयोजन गर्ने जिम्मा टोपबहादुर रायमाझी र उपत्यकाको जिम्मा कृष्णगोपाल श्रेष्ठलाई दिएको महासचिव पौडेलले बताए। बैठकले आगामी दिनमा पार्टीको बैठक राखी आवश्यक निर्णय गर्न सक्ने अधिकार स्थायी कमिटीलाई दिने निर्णय पनि गरेको छ।थाहा खबरबाट