☰ open Loading... 4 March 2025|  

बालविवाह गर्ने जाेडी पक्राउ
  | ९ पुष २०७७, बिहीबार २०:००

दैलेख – बालविवाह गरेकाे आराेपमा प्रहरीले एक जाेडी पक्राउ परेका छन् ।पक्राउ पर्नेमा नाैमुले गाउँपालिका वडा नं१घर भएका १८बर्षका अमित सुनार र महाँबु गाउँपालिका वडा नं१कि १५ वर्षिया बालिका रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ।

१५वर्षिय विवाह गर्ने बालिकाकी आमाले दिएकाे सुचनाकाे आधारमा नाैमुलेबाट खटिएको प्रहरीले टाेलीले अमित सुनारकाे घरमा विवाह गरि बसेका अवस्थामा पक्राउ गरि जिल्ला प्रहरी कार्यालय दैलेखमा बुझाएको हाे।

पक्राउ परेका व्यक्तिहरुलाई दैलेख जिल्ला अदालतबाट बाल विवाह सम्बन्धी कसूरमा ५ दिनको म्याद लिएर अनुसन्धान सुरु गरेको छ।