☰ open Loading... 17 May 2024|  

स्वास्थ्यकर्मीले पाएनन् कोरोना जोखिम भत्ता
  | १६ पुष २०७७, बिहीबार १९:५०

 

 


सुर्खेत।कर्णालीका ७९ वटा स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीले कोरोना जोखिम भत्ता पाएका छैनन् ।कर्णाली प्रदेशअन्तर्गत रहेका स्वास्थ्य इकाईमा रहेका कर्मचारीको जोखिम भत्ता गत आर्थिक वर्षको असार मसान्तसम्मको नै निकासा गरिएको र स्वास्थ्य मन्त्रालयले नै कात्तिकदेखि जोखिम भत्ता उपलब्ध नगराउन निर्देशन दिएको कर्णाली प्रदेश सामाजिक मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

 

कोरोना महामारीमा फ्रन्ट लाइनमा काम गर्ने कर्मचारीलाई संघीय सरकारले जोमिख भत्ता दिने निर्देशिका पठाएको तर, रकम नपठाएका कारणले स्थानीय तहको आन्तरिक राजश्वले नधान्ने भएका कारणले कोरोना महामारीका बेला फ्रन्ट लाइनमा खटिने कर्मचारीलाई जोखिम भत्ता दिन नसकिएको दैलेख दुल्लु नगरपालिकाका प्रमुख घनश्याम खड्काले बताए ।