☰ open Loading... 26 April 2024|  

सामाजिक सञ्जालमार्फत १३ लाख ३९ हजार रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ
  | १७ पुष २०७७, शुक्रबार १८:१६

काठमाडौं । सामाजिक सञ्जाल इन्स्टाग्राम र वाट्सएपको माध्यमबाट साथी बनाएर १३ लाख ३९ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा रुपन्देही मर्चवारी गाँउपालिका(४ बस्ने २९ वर्षीय धर्मेन्द्र उपाध्याय र सोही ठाउँ बस्ने ४५ वर्षीय अनन्तकुमार उपाध्याय रहेका छन् ।महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय रुपन्देहीको सहयोगमा रुपन्देहीमा लुकीछिपी बसेको अवस्थामा उनीहरुलाई बुधबार पक्राउ गरेको हो ।