| १७ पुष २०७७, शुक्रबार १९:२३
दैलेखः दैलेखमा निर्माणाधीन भित्रिखोला लघुजलविद्युत् आयोजनाको काम अलपत्र परेका छ। जिल्लाको आठबिस नगरपालिका वडा नं ६ मा ३०किलोवाड आयोजनाको काम अलपत्र हुदा नगरपालिकाको पिपलकोट, गोर्खि, लयापातल, चिहुरीका स्थानीय वासिन्दाले बिद्युतको उज्यालो पाउने अनिश्चित भएको स्थानियको भनाई छ ।
बिद्युत आयोजना निमार्णका लागि नगरपालिकाले गत आर्थिक वर्षमा २२ लाख वजेट दिएको नगरपालिकाले जनाएको छ । २२ लाखको समान खरिद गरेर सडकमा अलपत्र छ ।पावर हाउस निमार्ण र लाईन खरिदका लागि कुनै पनि वजेट नभएको भन्दै काम अलपत्र परेको उपभोक्ता समितिले जनाएको छ । उपभोक्ता समितिका अध्यक्ष जगत भन्डारीले सामान खरिद गरेका छैउ स्थानिय सरकारले सहयोग गनु पर्छ हामिले अबको बैशाख भित्र काम सम्पन्न गर्ने गरी काम भईरहेको दावि। गरेका छन