☰ open Loading... 1 May 2024|  

तीन जिल्लामा कोरोना संक्रमणको दर शून्य
  | १८ पुष २०७७, शनिबार ११:१५

कर्णालीका तीन जिल्लामा कोरोना संक्रमणको संख्या शून्यमा झरेको छ । कर्णालीका १० जिल्लामध्ये कालिकोट, रुकुमपश्चिम र मुगु जिल्लामा कोरोना संक्रमितको संख्या शून्यमा झरेको हो ।यसभन्दा अघि रुकुमपश्चिमका दुई सय ५५ जना, कालिकोटका ३ सय २८ र मुगु जिल्लामा ४१ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो । ती जिल्लाका सबै जनामा कोरोनो संक्रमण निको भएर डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुर्खेतमा ९७ जना, दैलेखमा दुईजना, जाजरकोटमा १४ जना, सल्यानमा ३१ जना, जुम्लामा ६ जना, हुम्लामा ११ जना र डोल्पामा नौजना गरेर एक सय ७० कोरोनाका संक्रमित बिरामी रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।