☰ open Loading... 17 May 2024|  

रुकुम पश्चिम हत्याकाण्डः न्याय नपाए अन्दोलनको चेतावनी
  | १९ पुष २०७७, आईतवार ०६:४८

 रुकुम पश्चिम हत्याकाण्डमा मारिएका नवराज विकसहित अन्य मृतकका परिवार तथा आफन्तहरुले सरकारसँग निष्पक्ष छानबिनसहित न्यायको माग गरेका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरी पिडित परिवार र उनका आफन्तहरुले न्याय नपाए आन्दोलनमा जाने चेतावनी दिएका हुन् । हत्याकाण्डको नौ महिना बितीसक्दा पनि पिडित परिवारले न्याय नपाएको भन्दै सरकारसँग पुनः निष्पक्ष छानबिन र न्यायको माग गरेका हुन् ।

कार्यक्रममा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका अध्यक्ष त्रिलोक चन्द विश्वास विकले उक्त मानवता विरुद्व अपराध भएको बताए ।


यस्तै कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले पिडित जनताको साझाँ थलो रिपोर्टर्स क्लब रहेको बताए । उनले भने, ‘मृतक परिवारलाई अभिनन्दन गर्दछु । तपाईहरु ढुक्क हुनुस दाषीहरु न्यायको कठघरामा उभिन्छन्।




नवराज विकका बावु मोहनलाल विकले केटीको आमा लक्ष्मी मल्ल एक लाख धरौटीमा छुटेको र अन्य दोषी पनि सामान्य तरिकाले छुटेको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले भने, ‘यो कस्तो न्याय हो । सर्वोच्चबाट न्याय पाउने आशा गरेका छौँ ।‘

गोविन्द शाहीकी आमा देवी शाहले राज्यले न्याय नदिएको भन्दै असन्तुष्टि पोखिन् । उनले भनिन्,‘हामी न्याय पाउन काठमाडौँ आएका हौँ । न्याय नपाए र दोषीलाई कारवाही नभए हामी आन्दोलन गर्नेछौँ । ’