| २२ पुष २०७७, बुधबार २१:४९
रुकुम पश्चिम । सोलार ब्याट्री विष्फोट हुँदा रुकुम पश्चिमको चौरजहारी नगरपालिका¬-१२ स्थित जनकल्याण माध्यमिक विद्यालयमा भीषण आगलागी भएको छ । बुधबार साँझ एकासी आगलागी हुँदा विद्यालयका महत्वपूणर् कागजातहरु जलेर नष्ट भएका छन् ।
प्रहरी चौकी सर्केनाबाट खटेकोे प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको थियो । आगलागीबाट करिब २५ लाख रुपैयाँसम्मको क्षति भएको अनुमान गरिएको छ ।