दैलेख- चामुण्डाविन्द्रासैनी नगरपालिकामा प्रहरीका लागि नयाँ भवन निर्माण गरिएको छ ।चामुण्डा बिन्द्रासैनिनगरपालिकाको ३२ लाख २८ हजार १ सय ९० रुपैयाँ लागतमा भवन निर्माण गरेको हो ।·जम्बुकाँधमा निर्माण गरिएको भवनको बुधवार कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) बसन्तकुमार पन्तले उद्घाटन गरेका छन् । भबनउद्घाटन कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) बसन्तकुमार पन्तले आम नागरिकको सुरक्षामा अहोरात्र खटिने नेपाल प्रहरीको सेवा प्रवाह थप प्रभावकारी हुने बताउँदै भौतिक स्रोत साधनको सम्पन्नताले प्रहरी सेवा प्रवाहमा थप उर्जा थप्ने कुरामा आफू विश्वस्त रहेको कुरा बताए ।
विकास निर्माणलाई तिब्रता दिनका लागि शान्ति सुरक्षाको आवश्यक पर्ने भएकाले नगरपालिकाले प्रहरी चौकी भवन निर्माण गरेको मेयर शुर्य बहादुर शाहीले बताए । भवन उद्घाटन समारोहमा जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरिक्षक (डिएसपी) अनुपम श्रेष्ठसाथै अपराध नियन्त्रण तथा लागूऔषध नियन्त्रण कार्य पनि प्रभावकारी रुपमा अगाडि बढाएको उनको भनाइ छ ।