☰ open Loading... 9 July 2025|  

सुन्तला उत्पादन घट्ने अनुमान
  | २४ पुष २०७७, शुक्रबार १८:५३

सल्यान – यस वर्ष सल्यानमा सुन्तला उत्पादन करिब ३० प्रतिशत घट्ने अनुमान गरिएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ। फूल फुल्ने र दाना लाग्ने समयमा भएको वर्षाका कारण उत्पादनमा कमी आउने अनुमान कार्यालयले गरेको हो।

बागचौर नगरपालिका, दार्मा गाउँपालिका, सिद्ध कुमाख गाउँपालिका, त्रिवेणी गाउँपालिका, छत्रेश्वरी गाउँपालिका र कपुरकोट गाउँपालिकालगायतका स्थानमा व्यावसायिक रुपमा सुन्तला खेती हुने गरेको छ। अघिल्लो वर्ष ९८० हेक्टरमा भएको खेतीबाट १० हजार ६९० मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशमकुमार बस्नेतले जानकारी दिए।

फल लाग्ने समयमा वर्षा हुनु र दाना पनि सानो रहेको किसानहरुले बताएका छन्। विगतका वर्षभन्दा यो वर्ष आधाभन्दा बढी उत्पादन घटेको बागचौर नगरपालिका–८ का भरतनाथ योगीले बताए।