☰ open Loading... 29 September 2025|  

टिप्परको ठक्करबाट एक जनाको मृत्यु
  | २४ पुष २०७७, शुक्रबार १९:१८

 

सुर्खेत-टिप्परको ठक्करबाट छिन्चुमा एक जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश ००१ क ००९९ नम्बरको टिप्परले छिन्चुतर्फ जाँदै गरेको भे ७ प ५२०६ नम्बरको मोटरलाइकललाई छिन्चु बजारको पेट्रोल पम्प अगाडी ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएकी वीरेन्द्रनगर–११ का २३ वर्षीय ताराकुमारी आलेलाई उपचारको लागि कर्णाली प्रदेश अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् (डिएसपी) रामप्रसाद घर्तीले जानकारी दिए ।