☰ open Loading... 26 April 2024|  

एक युवतीले भर्खरै अमेरिकाबाट फर्किएका श्रीमानको हत्या गरि गरिन्
  | २५ पुष २०७७, शनिबार १०:४४

काठमाडौं, २५ पुष । अमेरिकाबाट आएका श्रीमानको ह’त्या गरि श्रीमतीले पनि आ’त्महत्या गरेका छन् । काठमाडौंको टोखा ग्राण्डी अस्पताल छेउको हाउजीङमा बस्दै आएका एक दम्पती कोठा भित्र मृत भेटिएपछि प्रहरीले गरेको प्रारम्भीक अनुशन्धानका क्रममा श्रीमतीले श्रीमानको हत्या गरि आत्महत्या गरेको पत्तो लागेको हो ।

प्रहरीका अनुसार उनीहरु सुर्खेत स्थायी घर भएका दम्पती हुन् । मृत भेटिएका दम्पतीको नाम श्रीमान उमेश केसी रहेका छन् भने श्रीमती सुदिक्षा गिरी रहेकी छन् । जसमा श्रीमान उमेश केही दिनअघि मात्रै अमेरिकाबाट आएको खुलेको छ । त्यसपछि उनीहरुबीच बिवाद हुँदै आएको प्रहरी अनुशन्धानका क्रममा खुलेको बताइएको छ ।