☰ open Loading... 23 January 2021|   शनिबार, माघ १०, २०७७

कर्णाली सरकारले आफ्नै यातायात सेवा सञ्चालन गर्दै
  |

सुर्खेत – कर्णाली प्रदेश सरकारले आफ्नै यातायात सेवा सञ्चालन गर्ने भएको छ । पब्लिक कम्पनी वा सहकारी प्रर्णाली मार्फत आफ्नै यातायात संचालन गर्ने नीति तथा कार्यक्रम अुनसार पक्रिया अगाडी बढाएको हो । त्यसको लागि अहिले कार्यविधि तयार गर्न लागिएको भन्दै अब बस्ने क्याविनेट बैठकमा पेश गरिने प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । यातायात सेवालाई सुरक्षित, प्रतिष्पर्धी, गुणस्तरीय र सेवामुखी बनाउन आफ्नै यातायात संचालन गरिने मन्त्रालयका प्रवक्त गोपाल शर्माले बताए ।
सरकाले आफ्नै यातायात संचालन गरि नमुना काम गर्ने भन्दै यसबाट जनताले गुणस्तरिय सेवा पाउने छन् । प्रदेश सरकारले चालु आर्थिक बर्षको नीति तथा कार्यक्रममा सहकारी तथा अन्य संघ संस्थाको साझेदारीमा आफ्नै पब्लिक यातायात संचालन गर्ने बताएको छ ।

प्रकाशित मितिः आइतवार, पुस २६, २०७७     6:42:32 AM